द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘शिवांश : च्याप्टर-१’को छायांकन सुरु भएको छ । सोमबार पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी सिनेमाको छायांकन सुरु गरिएको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर-१’को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए ।
सिनेमामा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दन, सबिर चुरौटेलगायत कलाकारको अभिनय रहनेछ । सिनेमाको कथा अञ्जान केसीले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
असोज २४ गते रिलिज हुने सिनेमाको केही समय अगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो । सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना तथा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत अनि राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
सिनेमामा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर तथा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसर आदेश सुब्बा (गुडरेज पिक्चर्स), बारत लिम्बू मुख्य सहायक निर्देशक र स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । शरद महतोको डीओपी रहने सिनेमाका कार्यकारी निर्माता शम्भू थापा हुन् ।


प्रतिक्रिया