द सिनेमा टाइम्स, काठमाडौं । जेठ २ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने निर्देशक दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेराः घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।
सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा सिनेमाकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना आम दर्शकलाई निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले सिनेमा हेरेका थिए ।
निर्माणपक्षले १८० आम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो । सिनेमा हेरेपछि तीनै १८० सर्वसाधारण दर्शकसँग मिडियाकमर्की र निर्माण टिमले प्रतिक्रिया लिएका थिए । आम दर्शकको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको हो । प्रिमियरमा सिनेमा हेरेका दर्शकले ‘के घर के डेराः घर नं २’को तारिफ गरेका छन् ।
आम नेपाली नागरिकले हेर्नै पर्ने सिनेमाले घरभेटी र डेरावालमात्रै नभएर हरेक नागरिकको कथा रहेको उनको उनीहरूले रिभ्यू दिएका हुन् । अभिनेता हरिवंश आचार्यले सिनेमाको प्राविधिक पक्षको खुलेर तारिफ गर्दै टेक्निकल्ली धेरै राम्रो छ । कलाकारको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक संघर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ ।
अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा ‘फेमिली भ्यालुज’मा आधारित रहेकाले सिनेमा निकै मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सिनेमाको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । ‘मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,’ उनले भनिन् ।
गायिका अन्जु पन्तले सिनेमामा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन् । ‘कहिले हाँसाउने, कहिले भावुक बनाउने सिनेमा हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्यो’ उनले भनिन् । नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ । ‘आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा सिनेमा हेर्न पाएर,’ अभिनेत्री केकी अधिकारीले भनिन्, ‘म पनि दुई तीन ठाउँ इमोस्नल भएँ ।’
निर्देशक दीपेन्द्र के खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य सिनेमा जस्तो त्यस्तै प्रतिक्रिया सुन्ने हो । ‘हामी चाहन्छौं सिनेमा राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस् । हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ । जस्तो सिनेमा छ । त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौं,’ निर्देशक खनालले भने ।
अभिनेता खगेन्द्र लामिछानेले दर्शकलाई सिनेमा जस्तो छ त्यस्तै रिभ्यू दिन आग्रह गरेका थिए । राम्रो लाग्यो भने अरुलाई भन्नुहोला । नराम्रो छ भने पनि भन्नुहोला हामी सच्याउँदै सिक्दै अगाडि बढ्छौं । अभिनेता आर्यन सिग्देलले पनि सिनेमा जस्तो लाग्छ । त्यस्तै रिभ्यूको अपेक्षा गरेका छौं । पक्कै पनि सिनेमा मन परेको महसुस मैले गरेको छु । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो स्क्रिप्ट लेखन हो ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा कृष्णबहादुर थापाको छायांकन रहेको छ । सिनेमामा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।




प्रतिक्रिया