‘के घर के डेरा : घर नं २’ लाई दर्शकबाट राम्रो प्रतिक्रिया, अकुपेन्सी सुखद्

‘के घर के डेरा : घर नं २’ लाई दर्शकबाट राम्रो प्रतिक्रिया, अकुपेन्सी सुखद्

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।दीपेन्द्र के. खनाल निर्देशित सिनेमा‘के घर के डेरा : घर नं २’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमामा दर्शक अकुपेन्सी पनि सुखद् रहको वितरकले जानकारी दिएका छन ।वर्ड अफ माउथ बलियो भएकाले आउँदा दिनमा व्यापारमा बढोत्तरी हुने विश्वास निर्माण टिमको छ । निर्देशक खनालले सिनेमाको विषय र कलाकारको काम दर्शकले मन पराएको बताए ।

उनले भने, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ। सामाजिक कथावस्तुमा दर्शकको गहिरो रूचि छ भन्ने यसले पुष्टि गर्छ ।’

दर्शकबाट प्राप्त प्रतिक्रियालाई लिएर कलाकार पनि उत्साहित छन् । सिनेमको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले भने, ‘दर्शकले पशुपतिप्रसाद पछिकै सबैभन्दा राम्रो काम यो फिल्ममा देखियो भन्नुभएको छ । दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो ।’

सिनेमाले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै जाँदा त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालको भनाईं छ ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा फिल्म बनेको हो ।निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।