द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ।
निर्माण पक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो।
सांकेतिक दृश्यमा एक व्यक्ति अस्ताउँदो सूर्यको अगाडि उभिएका छन्। सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको देखिन्छ। व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ।
सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको यस सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोगेका अनुभवहरू र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा प्रस्तुत गर्छ। यस सिनेमा आमा र छोराबीचको भावनात्मक सम्बन्धमा आधारित छ।
सिनेमाको एसोसियट निर्देशक मनिष राउत हुन्।
सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनालीलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
त्यस्तै, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा आदिको पनि अभिनय रहेको छ।
सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक हुन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. सहायक निर्देशकका रूपमा रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको यस सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ। निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन्।
‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो सिनेमा हो। विसं २०८१ मा नेपाली सिने उद्योगलाई ब्लकबस्टर सिनेमा दिने लक्ष्यसहित विजय र केकी ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ मा मुख्य भूमिकामा सँगै देखिँदै


प्रतिक्रिया