द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘द ब्ल्यू लाइट’ को निर्माण घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेको हो।
यस सिनेमालाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान हाल प्रतिक्षित सिनेमाको रूपमा रहेको ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। ‘द ब्ल्यू लाइट’ उनको डेब्यु निर्देशन हुनेछ।
स्काइफल पिक्चर्स को प्रस्तुति रहने यस सिनेमामा को–प्रोड्युसरको रूपमा रमन ग्रे रहनेछन्। छायाँकन नरेन्द्र मैनालीले गर्नेछन्।
थिम पोस्टरमा, नामअनुसार नै नीलो रङको पृष्ठभूमिमा एक बालिका उभिएकी देखिन्छिन्।
निर्देशकले न थिम पोस्टरको आशय न सिनेमाको कथावस्तु हालसम्म प्रष्ट पारेका छन्। कलाकारबारे पनि केही जानकारी दिएका छैनन्। केही समयपछि कलाकारहरूको लाइनअप सार्वजनिक गरिने उनले बताएका छन्।


प्रतिक्रिया