द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते बिहीबार रिलिज हुने सिनेमा ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा सिनेमा निर्माणच टिम यतिवेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ ।
शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौं दर्शकलाई सिनेमाको कथावस्तुबारे जानकारी गराइएको थियो । सिनेमाका निर्माता हिमाल कडरियाका अनुसार यो अभियान रिलिजसम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक रूपमा सञ्चालन हुनेछ ।
सडक नाटकमा कलाकारले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । सिनेमाको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशक आकाश नेपाली तथा लेखक सरिता कठायत हुन् । कलाकारमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपाल अनि नाटकको प्रस्तुति शुभआकाश टिमले गरेको हो ।
दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारीमा बचत रकम डुबेपछि उत्पन्न पीडादायी अवस्था चित्रण गरिएको छ । यसमा पीडितको वेदना, जागिरेको मानसिक संघर्ष र राजनीतिक चलखेललाई समेटिएको छ । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य भूमिका रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकमा एकसाथ रिलिज हुँदैछ । सिनेमालाई काठमाडौंमा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।


प्रतिक्रिया