उद्योगपति वरुण चौधरी कान्स फिल्म फेस्टिभलमा सहभागी

उद्योगपति वरुण चौधरी कान्स फिल्म फेस्टिभलमा सहभागी

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एलजी सिने सर्कल अवार्ड आयोजक संस्था सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी यस वर्षको कान्स सिनेमा महोत्सवमा सहभागी भएका हुन् ।

उद्योगपति चौधरीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो । कान्स त्यो ठाउँ हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन् । यो त्यस्तो मञ्च हो, जसले हामीलाई सम्झाउँछ कि सशक्त कथाहरूको भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न सक्छन् ।’ नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न निरन्तर प्रयास आवश्यक रहेको समेत उनले उल्लेख गरेका छन् ।

नेपालको सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको उनले बताए । साथै, नेपाली सिनेमाले ‘दिल र उद्देश्य’का साथ बोलेको सन्देशलाई विश्वसामु उजागर गर्ने प्रतिबद्धता पनि इन्स्टाग्राम मार्फत व्यक्त गरेका छन् ।

उनी श्रीमती अनुश्री चौधरीसहित कान्सको भव्य कार्यक्रममा सहभागी भएका थिए । यो महोत्सवमा अभिनेता प्रदीप खड्का तथा सिनेमा ‘एक्लो’का निर्माता प्रदीप शाही पनि सहभागी भएका थिए ।