सिनेमा ‘परी’को शुभमुहुर्त सम्पन्न

सिनेमा ‘परी’को शुभमुहुर्त सम्पन्न

द सिनेमा टाइम्स
49
Shares

काठमाडौं — गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्ने सिनेमा ‘परी’ को शुभमुहुर्त काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ।

मुहुर्त कार्यक्रममा किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायत कलाकारहरूको उपस्थिति थियो। कलाकारहरूले सिनेमाको स्क्रिप्ट सशक्त रहेको प्रतिक्रिया दिएका छन्।

सिनेमामा प्रियंका कार्की, निदेश डि.सी., दिग विजय केसी, जेशिका पोखरेल, अर्नव नागिला लगायतको अभिनय रहनेछ। दोलखा र तनहुँमा छायांकन हुने सिनेमा जेठ २८–२९ गतेबाट सूटिङमा जाने तयारीमा छ।

बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र विकास चौधरीको संगीत, तथा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको गायन रहने सिनेमामा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।