‘के घर के डेरा: घर नं २’ प्रदर्शनको तेस्रो सातामा

‘के घर के डेरा: घर नं २’ प्रदर्शनको तेस्रो सातामा

द सिनेमा टाइम्स
154
Shares

काठमाडौं । ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।हिजो बाट यो सिनेमा प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो ।

सकारात्मक वर्ड अफ माउथ पाइरहेको सिनेमाले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले भनेको छ ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको भनाइ छ ।

“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।