सिनेमा ‘जनै हराएको बाहुन’को नाम परिवर्तन, नयाँ पोस्टर सार्वजनिक

सिनेमा ‘जनै हराएको बाहुन’को नाम परिवर्तन, नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन गरेर ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ राखिएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्तिहरू र संस्थाहरूको आपत्तिपछि विवादबाट जोगिनका लागि नाम परिवर्तन गरिएको निर्माणपक्षले जनाएको छ ।

भदौ ६ गते रिलिज हुने यो सिनेमाको मुख्य पात्र विजय बरालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा विजय रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्कन लागेको देखिन्छ । जसले गाउँबाट सहरको यात्रा र संघर्षको संकेत गर्दछ ।

निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो र अहिले पोस्टप्रोडक्सनको प्रक्रिया चलिरहेको छ ।

निर्देशक हिमाल न्यौपानेका अनुसार, यो सिनेमा आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दछ ।