द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘नरसिंहाः अवतार’को प्रचारलाई महानायक राजेश हमालले दोस्रो हप्तामा समेत आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । अहिले पनि महानायक हमालको देश दौडाहा रोकिएको छैन् । मंगलबार सिनेमाको सिंगो टिमसहित पोखरा पुगेका हमाल दिनभर दर्शक साक्षात्कार व्यस्त बनेका थिए ।
पोखरा पुगेर सिधै कोटी होम पुगेका महानायक हमालले त्यहाँ करिब १ घन्टा समय बिताएका थिए । कोटीहोममा पुगेर उनका जीवन र दर्शन अनि धर्म र मनोरञ्जनको कुरा सुनेर पोखरेली दर्शक प्रभावित बनेका थिए । कोटी होममा पश्चात राजेश हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गरेका थिए ।
हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे । सिनेमाको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिएका हुन् । पोखरामा हमालको क्रेज गज्जब देखियो । हमाललाई सिनेमाको टिमले बाजागाजा बजाएरै स्वागत गरेको थियो । हल-हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो ।
पोखरेली दर्शकहरु राजेश हमालको उपस्थितीले दंग देखिए । हमालको साथमा सिनेमाका मुख्य अभिनेता राज कटुवाल, अभिनेत्री सनिशाा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ ।



प्रतिक्रिया