‘पिताम्बर’ टीमले कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै मनायो ५१ औं दिन

‘पिताम्बर’ टीमले कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै मनायो ५१ औं दिन

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत चैत २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘पिताम्बर’ बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ५१ दिन मनाएको छ । यो सिनेमाले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बिएसआर र बीग मुभिजमा ५१ औं दिन मनाएको दाबी निर्माण टिमले गरेको हो ।

‘पिताम्बर’मा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ ।

बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच सिनेमाले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ । निर्माण टिमले सिनेमाको ५१ औं दिनमा ‘पिताम्बर २’को घोषणा समेत गरेको छ । पत्रकारलाई समेत यो खुशीयालीमा सम्मान पत्र दिँदै सोही समारोहमार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको थियो ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह-निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । सोही क्रममा सिनेमा निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बले ५१ औं दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइन् ।

सिनेमाको यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको सिनेमामा कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा झन राम्रो सिनेमा दर्शकलाई दिने बताइन् ।

उनले भनिन्, ‘यो सिनेमामा भएका गल्ती अर्को सिनेमामा सुधार्दै अझै बुलन्द काम गर्नेछु ।’ केहि दिनअघि जापानमा समेत उत्कृष्ट निर्देशकको अवार्ड यही सिनेमाबाट हात पारेकी कृषाको पहिलो निर्देशकिय सिनेमा ‘ऐंचो पैंचो’ हो । जसलाई समिक्षात्मक रुपमा समेत कमजोर बनेको प्रतिक्रिया मिलेको थियो ।