दिनेश राउत निर्देशित ‘महाभोज’को अग्रीम टिकट बुकिङ खुला

दिनेश राउत निर्देशित ‘महाभोज’को अग्रीम टिकट बुकिङ खुला

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जेठ ३० गते पर्सी शुक्रवारबाट रिलिज हुने सिनेमा ‘महाभोज’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । देशभरका मल्टीप्लेक्स तथा सिंगल स्क्रिन रहेका सिनेमा हलले बुकिङ खुलाएका हुन् । यो सिनेमा दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

सिनेमाले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकले बताएका छन् । यो सिनेमाको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । यी प्रिमियर शोबाट सिनेमाले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शोमा केही सहकारी पीडितले पनि सिनेमा हेरेका छन् । उनीहरूले आफ्नो दवीन लागेको आवाजलाई यो सिनेमाले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् ।

विकास सुवेदीको लेखन तथा दिनेश राउतले निर्देशन गरेको सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । राजेश श्रेष्ठले खिचेको सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।