माइकल चन्दको ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित

माइकल चन्दको ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माइकल चन्दको डेब्यू निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन् । सुपुष्पासँग आज बुधबार सिनेमाको निर्माण टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ ।

सुपुष्पाको पछिल्लो रिलिज सिनेमा ‘फेरि रेशम फिलिली’ हो । यो सिनेमामा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि सिनेमा साइन गरेको बताइन् । सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी अभिनेत्री चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’

सिनेमामा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । यो सिनेमामा यसअघि अभिनेत्री दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह हुन् ।

यो सिनेमाको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो सिनेमा निर्माण हुनेछ । सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । सिनेमालाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।