द सिनेमा टाइम्स, काठमाडौं । कुवेर तामाङको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘किन लाग्छ माया’को निर्माण घोषणा गरिएको छ । यो सिनेमाको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । यसअघि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका मेघले यो सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा मोनु खड्काको लगानी रहनेछ । यो सिनेमाको छायांकन असारको पहिलो हप्ताबाट सुरु गरिने छ । सिनेमामा सन्जीत भण्डारी, रिचा थापा, जान्वी बस्नेत, धिरेन शाक्य, मिस पबी उर्फ पबित्रा साँकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारको अभिनय रहने छ ।
स्याडो रियरको कथा रहने सिनेमामा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ । अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको सिनेमामा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।
यो सिनेमाले दाजु भाइको सम्बन्ध अनि एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्ने सिनेमाको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ ।


प्रतिक्रिया