ऐजुकेशन एण्ड माइग्रेसन कर्नरसँग जोडिन् मिस पवी

ऐजुकेशन एण्ड माइग्रेसन कर्नरसँग जोडिन् मिस पवी

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । टिकटकर तथा म्युजिक भिडियो मोडल मिस पवी एक शैक्षिक परामर्श संस्थासँग जोडिएकी छन । उनी शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमबीच ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी हुन । मिस पबीलाई संस्थाका प्रमुख सुनिल उप्रेतीले आफ्नो संस्थामा स्वागत गरेका थिए ।

विगत १८ वर्षदेखी शैक्षिक परामर्शदाताको रूपमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेशन कर्नरले उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया, बेलायत, अमेरिका, यूरोप, जापान र क्यानडा लगायतका मुलुकहरूमा नेपाली विद्यार्थीलाई पठाउँदै आएको छ । संस्थाले काठमाडौं, चितवन, दमक, इटहरी, बिर्तामोड र अष्ट्रेलियाको सिड्नी लगायतका शहरहरूबाट सेवा दिँदै आइरहेको छ ।

‘एउटा पुरानो र विश्वासिलो संस्थासँग जोडिएर सहकार्य गर्ने अवसर मिलेकोमा मलाई खुशी लागेको छ । म आफ्नो तर्फबाट संस्थाको उन्नती र प्रगतीका लागि समर्पित भएर अगाडि बढ्ने छु,’ मिस पवीले भनिन् । संस्थासंग जोडिए लगत्तै मिस पवीले संस्थाको प्रचार प्रसारका लागि विभिन्न कन्टेन्टहरू बनाउँने छिन भने त्यही कन्टेन अनुरूप उनी सामाजिक संजाल मार्फत जनमानसमा पुग्ने भएकी छन ।

यसैवीच मिस पवीलाई आफ्नो संस्थामा स्वागत गर्न पाएकोमा संस्थाका प्रमुख सुनिल उप्रेतीले खुशी ब्यक्त गरेका छन् । ‘युवा पुस्ता माँझ राम्रो स्थान बनाउँन सफल मिस पवीका कारण हाम्रो संस्थाले फड्को मार्ने विश्वास हामीले लिएका छौं,’ उप्रेतीले भने ।