द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको असोज ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सानो संसार’ ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । बक्सअफिसमा सफल हुन नसकेपनि यो सिनेमाले दर्शक तथा समीक्षकबाट भने उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
विशेषगरी सिनेमाले उठाएको मध्यम वर्गीय परिवारले गर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई दर्शकले रुचाएका थिए । विभिन्न कारणले धेरै दर्शकले हलमा यो सिनेमा हेर्न नपाएको गुनासो गरेका थिए । अब भने, यो सिनेमालाई देश तथा विदेशमा रहेका सवै दर्शकले आफ्नै घरमा बसेर सजिलै यो सिनेमा ओटिटी प्लेटफर्म एमएसएम भिडियो हेर्न सक्ने सुविधा छ ।
पछिल्लो समय चर्चामा रहेको नेपाली ओटीटी एप ‘एमएसएम भिडियो’ले हिजो मंगलबारदेखि यो सिनेमाको स्ट्रिमिङ थालेको हो । सिनेमाका निर्माता अर्जुन कुमारले ओटीटी प्लेटफर्म मार्फत धेरै भन्दा धेरै दर्शकले घरमै बसेर सजिलै ‘सानो संसार’ हेर्न पाउने बताए । हलमा सिनेमा हेर्न पाएनौं भन्ने दर्शकको गुनासो आफ्नो टिमले एमएसएम भिडियो मार्फत् सामाधान गरेका निर्माता अर्जुन कुमार बताउँछन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।


प्रतिक्रिया