द सिनेमा टाइम्स, काठमाडौं । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार सिनेमा निर्माण कम्पनि अनन्या फिल्मस्ले थीम पोस्टर सार्वजनिक गर्दै ‘घोस्टेल’ निर्माण घोषणा गरिएको हो ।
सिनेमाको सार्वजनिक थिम पोस्टरमा लेखिएको ‘जब त्रासले हाँसो भेट्छ’ ट्यागलाइनले ‘घोस्टेल’ हरर कमेडी जनरामा निर्माण हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो सिनेमाको ‘कास्ट एण्ड क्रू’बारेमा निर्माण टिमले केहि बताएको छैन । चाँडै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारहरू सार्वजनिकसँग थप विवरण खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए ।
निर्माता सरोज न्यौपानेसँग सिनेमा निर्माणमा निर्देशक सुयोग गुरुङले सहकार्य गरेका छन् । सिनेमाको कथा सुयोग गुरुङको नै हो । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङले एकसाथ यो सिनेमा निर्माणमा जुटेका हुन् ।
‘जेरी अन टप’को २ गीत बाहेको सम्पुर्ण छायांकन सकिएको घोषणा गर्दै केही समय अगाडी नै आगामी तिहारलाई प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा रिलिज पश्चात ‘घोस्टेल’को छायांकन सुरु गरिने निर्माता न्यौपानेको भनाई छ ।


प्रतिक्रिया