नीता ढुंगानाको डेव्यु निर्देशनमा ‘सुख दु:ख’ बन्ने, अर्को वर्षको दशैंमा रिलिज हुने

नीता ढुंगानाको डेव्यु निर्देशनमा ‘सुख दु:ख’ बन्ने, अर्को वर्षको दशैंमा रिलिज हुने

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएकी छिन् । शनिबार ‘सुख दु:ख’ नामक सिनेमाको निर्माण घोषणा गर्दै उनले निर्देशनमा डेव्यु गर्न लागेको जानकारी दिएकी हुन् । यो सिनेमाको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

नीताले आफ्नो डेव्यु निर्देशन रहने सिनेमा अर्को वर्षको दशैंमा रिलिज गर्ने जानकारी दिएकी हुन् । उनको कम्पनि नीता फिल्मस्को व्यानरमा निर्माण भएको पहिलो सिनेमा ‘ह्रस्व दीर्घ’ गत वर्षको कार्तिक ३० गते प्रदर्शन भएको थियो । यो सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार समेत गरेको थियो ।

नीताको डेव्यु निर्देशन रहने सुख दुखमा कलाकारको लाइनअप भने तयार भइसकेको छैन । यतिबेला यो सिनेमाको स्क्रिप्ट लेखनको काम भइरहेको जनाइएको छ । अशोक शर्माको निर्माण र अनिश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमा ‘मितिनी’ बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म ५० बढी सिनेमामा अभिनय गरिसकेकी छन् ।