‘जहाजैमा’को मुख्य भूमिका सौगात मल्ल अनुबन्धित

‘जहाजैमा’को मुख्य भूमिका सौगात मल्ल अनुबन्धित

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्ल आगामी भदौबाट जापानमा छायांकन हुने सिनेमा ‘जहाजैमा’को मुख्य भूमिका अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेता मल्लबीच केही समय अगाडी नै लिखित सम्झौता भएपनि हिजो शनिबार यसको जानकारी दिइएको हो ।

यो सिनेमामा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको वुझिएको छ । गत वर्षको चैत्र २९ गतेबाट प्रदर्शनमा सिनेमा ‘पिताम्बर’पछि निर्देशक कृषा चौलागाई र अभिनेता सौगात मल्लले दोस्रो पटक ‘जहाजैमा’को लागि सहकार्य गर्न लागेका हुन् ।

कृषा चौलागाइको निर्देशनमा निर्माण हुन लागेको यो सिनेमामा यसअघि नै केदार घिमिरे (माग्ने बुढा) र जापानीज अभिनेत्री रुजेल इचिमिया पनि मुख्य भूमिका अनुबन्धित भइसकेका छन् । सिनेमामा केदार र रुजेलको भूमिका कस्तो हुनेछ भन्ने केही खुलाइएको छैन । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अन्य केही स्टार कलाकारहरुको अभिनय रहनेछ ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो सिनेमाको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिनेछ । सिनेमालाई छायांकार तथा निर्माता पुरुषोत्तम प्रधानले खिच्ने छन् ।