दयाहाङ र प्रकाश ‘मिरमिरे’ले सुरु गरे मिरमिरेको वर्कसप

दयाहाङ र प्रकाश ‘मिरमिरे’ले सुरु गरे मिरमिरेको वर्कसप

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहने सिनेमा ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । आइतबारबाट कान्तिपुर फिल्म एकेडेमीम सिनेमाको वर्कसप चलिरहेको निर्देशक यम शेर्पाले जानकारी दिएका हुन् ।

अधिकांश छायांकन काभ्रेमा हुने यो सिनेमाको छायांकन आगामी शुक्रबारबाट प्रारम्भ हुँदैछ । ‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज वातावरण बनोस् भनेर हामीले वर्कसप सुरु गरेका हौं,’ निर्देशक शेर्पाले भने, ‘यसले हामीलाई हाम्रो सिनेमाको छायांकन समयमै सक्न सहयोग गर्नेछ ।’

यार्सा फिल्म्सको प्रस्तुति रहने यो सिनेमार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् । निर्देशक यम शेर्पाले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनले डेव्यु निर्देशकिय सिनेमा ‘कार्साङ’मा पनि दयाहाङले अभिनय गरेका थिए ।

सिनेमामा दयाहाङ, प्रकाशसहित सिर्जना निङलेखु र माओत्से गुरुङको पनि अभिनय रहनेछ । सिनेमाको निर्देशनसँगै कथा पनि यम स्वयंमले लेखेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको सिनेमाका कार्यकारी निर्माता वितरक रोहित कट्टेल हुन् ।

आरआर फिल्मस्ले वितरण गर्ने ‘मिरमिरे’ यही वर्ष अर्थात् २०८२ मै रिलिज हुनेछ । यद्यपी प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।