बालबालिकालाई देखाउन उपयुक्त सिनेमा ‘यो मन त मेरो नेपाली हो’ : पाठ्यक्रम विकास केन्द्र

बालबालिकालाई देखाउन उपयुक्त सिनेमा ‘यो मन त मेरो नेपाली हो’ : पाठ्यक्रम विकास केन्द्र

द सिनेमा टाइम्स
644
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त रहेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सिनेमाका निर्मातालाई पठाएको शुभकामना सन्देशमा सिनेमाले बालबालिकालाई आफ्नो भाषा र संस्कृतिप्रति उच्च सम्मान महसुस गराउने जनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक विजयराज बढुले पठाएको शुभकामना पत्रमा भनिएको छ, ‘भविष्यका कर्णाधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई ‘यो मन त मेरो नेपाली हो’लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।’

यो सिनेमा विशुद्ध नेपाली भाषा तथा संस्कृतिमा आधारित रहेकाले यस्ता प्रकृतिका सिनेमालाई राज्यका निकाय तथा सरोकारवाला समाजिक संघ-संस्थाहरूले संरक्षण तथा संवद्र्धन गर्नुपर्ने केन्द्रले पठाएको पत्रमा उल्लेख छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण सिनेमा निर्माण गरेकोमा पाठ्यक्रम विकास केन्द्रले निर्माण टिमलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो सिनेमामा मित्र प्रधान (नर)को निर्देशन रहेको छ । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । यो सिनेमाले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने बताइएको छ । सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय छ ।