सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ ५१ औं दिनमा प्याकअप

सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ ५१ औं दिनमा प्याकअप

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक सरोज पौडेलले सिनेमा ‘कोशेढुंगा’को छायांकन सकाएका छन् । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा सिनेमा ‘प्याकअप’ भएको हो । यो सिनेमाको गीतबाहेकको छायांकन केही साताअघि नै पूरा भइसकेको थियो ।

गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन त्यसपछि गण्डकी प्रदेशको स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो । यो सिनेमा हरितालिका तीजको अवसर पारेर आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निश्चित भइसकेको छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ यो सिनेमा रिलिज हुने जनाइएको छ ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । सिनेमाको कथा उनीमै केन्द्रित रहेको जनाइएको छ । उनीसहित सिनेमामा आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, सविता रेग्मी र स्नेहा जोशी लगायतको अभिनय रहेको छ ।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेल स्वयंमको ‘कोशेढुंगा’मा कथा लेखन छ । ‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको महिलाप्रधान कथावस्तुमा आधारित सिनेमामा आशिष अविरल र रिदम कँडेलको संगीत र नहकुल खड्काको सम्पादन छ ।