नविन पन्तको डेव्यु निर्देशनमा ‘बाकस’ निर्माण हुने

नविन पन्तको डेव्यु निर्देशनमा ‘बाकस’ निर्माण हुने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नविन पन्तको डेव्यु निर्देशनमा सिनेमा ‘बाकस’ निर्माण हुने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको सिनेमालाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।

सार्वजनिक पोस्टरले सिनेमाको कथावस्तुको विषयमा केही भन्न खोजेको संकेत गरेको छ । एक व्यक्ति टाढाबाट गाउँतिर हेरिरहेका देखिन्छन् । उनको छेवैमा कफिन (शव बोक्ने बाकस) छ । आकाशमा प्लेन उडिरहेको छ । वैदेशिक रोजगारीमा गएर बाकसमा फर्किनुपर्ने नेपालीहरुको बाध्यताको कथामा सिनेमाको कथा आधारित हुने सार्वजनिक पोस्टरबाट अनुमान गर्न सकिन्छ ।

पिके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिने सिनेमाको कथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । नेपाल र विदेशमा छायांकन गरिने सिनेमामा शंकर अधिकारी (घायल) र नारायण बस्नेतका गीत रहनेछन् । हाल सिनेमाको स्क्रिप्ट लेखनको काम भइरहेकाले चाँडै मुख्य भूमिकामा अभिनय गर्ने कलाकार तथा प्राविधिकको छनोट गरिने निर्देशक पन्तले जानकारी दिए ।