द सिनेमा टाइम्स, काठमाडौं । असार २७ गतेबाट सिनेमा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । गत जेठ ३० गते प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’पछि यो सिनेमा प्रदर्शनमा आएको हो । यो बीचमा केही बलिउड तथा हलिउड सिनेमा प्रदर्शनमा आएपनि वर्षात्को कारण देखाउँदै कुनै नेपाली सिनेमा रिलिज भएनन् । यो शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ले देशभक्तिपूर्ण कथावस्तु उठाएको छ ।
मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको यो सिनेमाले नेपाली भाषा, कला, संस्कृति बचाउनुपर्ने कथावस्तुमा आधारित छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन रहेको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको सिनेमामा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।


प्रतिक्रिया