‘जहाजैमा’को शीर्ष भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित

‘जहाजैमा’को शीर्ष भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जहाजैमा’को शीर्षमध्येको एक भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । शनिबार निर्माता र सिवाकोटीबीच लिखित सम्झौता भएको हो । कथावस्तु र आफ्नो भूमिका मन परेकाले काम गर्न सहमति जनाएको उनले बताएकी छन् ।

यसअघि यो सिनेमामा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कार्म, केही जापानी सिनेमामा अभिनय गरेकी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । यो सिनेमाको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् । छायांकारमा पुरुषोत्तम प्रधान छन् । उज्ज्वल गुरागाईको लगानी रहने यो सिनेमा यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।

केपी फिल्मस्को सहकार्यमा रहने सिनेमाको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु हुनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने सिनेमाको प्रि–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ । प्रदर्शन फागुन १ गतेदेखि हुने जनाइएको छ ।

अभिनेत्री वर्षा सिवाकोटीको नै मुख्य भूमिका रहेको सिनेमा माग्ने राजा भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । त्यसको प्रचारमा पनि उनले समय निकाल्नु पर्नेछ । उनकै मुख्य भूमिका रहने सिनेमाको गोबर गणेशको छायांकन पनि भदौमा नै गर्ने जानकारी मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे)ले केही समय अगाडी सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै जानकारी दिएका थिए । जसले गर्दालाई सेड्युल मिलाउनै सकस पर्ने देखिन्छ ।