विल्सनले इलामबाट सुरु गरे ‘मैझारो’को छायांकन

विल्सनले इलामबाट सुरु गरे ‘मैझारो’को छायांकन

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा)को डेव्यु निर्देशकिय सिनेमा ‘मैझारो’को आज साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट विल्सनले यो सिनेमाको छायांकन सुरु गरेका हुन् ।

यो सिनेमाको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानमा हुनेछ । सिनेमाले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई देखाउने निर्देशक राईले जानकारी दिए । सिनेमाको कथा, पटकथा र निर्देशन राई स्वयंको रहनेछ ।

यो सिनेमामा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारको अभिनय रहनेछ । अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत संयोजन, राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको स्वर रहने सिनेमालाई सौरभ लामाले खिच्ने छन् ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर सिनेमा हो । यो व्यानरले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् ।

विल्सन लोकप्रिय हास्य टेलिसिनेमा ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए । विल्सन विक्रम राई अभिनयसहित गायन र संगीतकारका रुपमा पनि सक्रिय छन् ।