मदन थापाको निर्देशनमा ‘परिवार’को शुभमुहूर्तसहित छायांकन सुरु

मदन थापाको निर्देशनमा ‘परिवार’को शुभमुहूर्तसहित छायांकन सुरु

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मदन थापाले दोस्रो सिनेमा ‘परिवार’को निर्माण घोषणा गरेका छन् । निर्देशक थापाको गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘बाटोः रोड टू डेथ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए । यो सिनेमाको आज शुक्रबार शुभमुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ ।

यो सिनेमाको अधिकांश छायांकन करिब एक महिनाको सेड्युलमा काठमाडौं उपत्यकाभित्र हुनेछ । ‘परिवार’को निर्माण घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा एक पुरुष, दुई महिला र एउटा बच्चाको कार्टुन चित्र देखिन्छ । सँगै कुकुर र बिरालो पनि छन् । टाइटल डिजाइनमा ‘परि’छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा ‘डब्ल्यूएआर’ अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गर्छ ।

रे अफ आर्टको प्रस्तुति रहेको ‘परिवार’को निर्माणमा भिसा आई फिल्मस् र शाही फिल्मस्को सहकार्यमा निर्माण हुने सिनेमाको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् । यो सिनेमामा किरण रिजाल, रमेश शाही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता तथा सह-निर्मातामा सन्तोष अधिकारी र कार्यकारी निर्माता रमेशबहादुर शाही अनि वारिस सोना लाइन प्रोड्यूसर छन् ।

सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर, निरज कँडेलको डिओपी, विशेष महर्जनको सिनेमेटोग्राफी र एनबी महर्जनको द्वन्द्व निर्देशन रहनेछ । सिनेमाका कलाकारको बारेमा भने जानकारी गराइएको छैन ।