मिलन चाम्सको ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित

मिलन चाम्सको ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुने लभस्टोरी सिनेमा ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । यो सिनेमा मार्फत् चाम्स र शाहीले चौथोपटक सहकार्य हुन लागेका हुन् ।

यसअघि यी दुवैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’मा काम गरिसकेका छन् । ‘लिली बिली’ रिलिजको सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो । अनुप विक्रम शाहीका अनुसार ‘सुम्निमा’मा अहिलेसम्म करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो सिनेमाको नाम सुन्दा नारीप्रधान लागे पनि सिनेमा विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए । सिनेमामा मुख्य भूमिकामा उपासना सिंह ठकुरी र कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन् । अन्य कलाकार तथा प्राविधिकको छनोटको काम जारी रहेको चाम्सले बताए ।

राजीव थापाको लेखनमा निर्माण हुने सिनेमाको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ । चाम्स निर्देशित बायोपिक सिनेमा ‘अञ्जिला’ले ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा सबैभन्दा बढी कमाइ गर्ने सिनेमाको कीर्तिमान राखेको छ । ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर निर्माण गरिने निर्देशक चाम्सको दाबी छ ।