भदौ २० गते देशव्यापी रिलिज हुने ‘चिट्ठी’को पोस्टर सार्वजनिक

भदौ २० गते देशव्यापी रिलिज हुने ‘चिट्ठी’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक माधव राज खरेलको निर्देशनमा तयार भएको सिनेमा ‘चिट्ठी’को पोस्टर सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिस्टिब्युटर्स प्रालिले वितरण गर्न लागेको यो सिनेमा आगामी भदौ २० गते (सेप्टेम्बर ५) देखि देशव्यापी प्रदर्शनमा आउँदैछ।

कमेडी तथा हरर जनरामा आधारित ‘चिट्ठी’ यथार्थपरक हास्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सको मिश्रण भएको सिनेमा हो। डिजिटल युगमा समाज, सम्बन्ध र सूचनाको दुरुपयोग जस्ता विषयमा केन्द्रित रहँदै सिनेमाले दर्शकलाई हसाउँदै सोच्न बाध्य बनाउने उद्देश्य लिएको निर्देशक खरेल बताउँछन्।

सिनेमाको सार्वजनिक स्थिर पोस्टर र मोसन पोस्टर दुबैमा डर, रहस्य र हास्यको फ्युजन स्पष्ट देखिन्छ। डार्क टोन, रहस्यमय अनुहार र पात्रहरूको दमदार उपस्थिति रहेको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाएको छ।

यो सिनेमाको कलाकारमा खड्ग बहादुर पुन (खबपु), संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, समिर लामा, रज्जु गुरुङ लगायतका छन्।

सिनेमाकी निर्माता संचारकर्मी कमला जोशी हुन्। छायांकन जीवन पराजुली र राजन खरेलले गरेका छन् भने सम्पादन राजेश कुमारले गरेका छन्। भिएफएक्स समिर मिँयाको रहेको छ। गीत-संगीत पक्षमा डा. कृष्णहरि बराल र कमला जोशीका गीत, गायक शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर, सरोज कोईरालाको संगीत, शिवताण्डवको संयोजन राजेन्द्र बजगाईले गरेका छन्।

द्धन्द्व निर्देशन किरण दाहाल, ब्याकग्राउण्ड म्यूजिक पुस्कर खत्री, ध्वनि सम्पादन मनोज परियार र मिक्सिङ अमित श्रेष्ठको रहेको छ। निर्माण पक्षले प्रचारमा समेत विशेष सक्रियता देखाउँदै ‘चिट्ठी’लाई दर्शकमाझ फरक स्वादको सिनेमाको रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।