प्रिन्सेस मल्ल ‘मिस टिन अर्थ २०२५’मा नेपालकाे प्रतिनिधि बन्ने

प्रिन्सेस मल्ल ‘मिस टिन अर्थ २०२५’मा नेपालकाे प्रतिनिधि बन्ने

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी अगस्ट ३ देखि ९ सम्म आयोजना हुने ‘मिस टिन अर्थ २०२५’मा १९ वर्षीया प्रिन्सेस मल्लले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

भारतको जयपुरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता प्रिन्सेसले ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको एक प्रमुख मोडलिङ प्रतियोगिताको उपाधि जित्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्। उनले आफ्नो प्रतिभा, आत्मविश्वास र कडा मेहनतका आधारमा विजेता बन्न सफल भएकी थिइन्।

प्रतियोगिताका लागि साउन १५ गते जयपुर प्रस्थान गर्ने प्रिन्सेसले ‘क्याप्चर फोटोग्राफी नेपाल’को तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन्। उक्त संस्था पविन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालन हुँदै आएको छ, जसले देशभित्र थुप्रै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रिन्सेसको तयारीमा पविन्द्र श्रेष्ठले मार्गदर्शन गरिरहेका छन् भने, उनको कोरियोग्राफी तथा स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन्। आयोजक तथा प्रशिक्षण टिमले अन्तर्राष्ट्रिय मञ्चमा प्रिन्सेसले नेपालको नाम उच्च बनाउने विश्वास व्यक्त गरेका छन्।