द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपाती (असोज १३) गतेदेखि देशभर प्रदर्शनमा आउने सिनेमा ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक पोष्टरमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले सिनेमामा उनी द्वारा निभाइएको भूमिकालाई विशेष महत्व दिएको स्पष्ट संकेत गर्छ ।
पोष्टरको स्वरूपले दशकौँदेखि नेपाली दर्शकमाझ लोकप्रिय रहिआएको ‘हरिबहादुर’ पात्रको झल्को दिलाउँछ । पोस्टरको डिजाइन शान थापा र विजय वस्यालले गरेका हुन् । यो सिनेमामा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ ।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् । सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।
संगीततर्फ वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिनेछ । ‘हरिबहादुरको जुत्ता’ले नेपाली समाज, हास्य-व्यङ्ग्य र भावनात्मक पक्षलाई स्पर्श गर्ने अपेक्षा गरिएको छ । सिनेमाको सार्वजनिक पोष्टरले दर्शकहरूमा उत्सुकता थप बलियो बनाएको छ ।



प्रतिक्रिया