द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातिको अवसर पारेर असोज १३ गते देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘माइतीघर’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थितिसँगै कथावस्तु झल्किने दृश्य समावेश गरिएको छ । जसमा उज्यालो बलिरहेको घरमार्फत ‘माइतीघर’को भावनात्मक र सांस्कृतिक प्रतीक प्रस्तुत गर्न खोजिएको छ।
मिलन तामाङ निर्देशित यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुलाल रहेका छन् भने रोहित अधिकारी प्रस्तुतकर्ता हुन् । उनले यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता सफल सिनेमाहरू निर्माण गरिसकेका छन्।
रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद र सुशन प्रजापतिको छायांकन रहेको छ। चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्व. जयदेवको संगीत रहेको सिनेमाका गीतहरू किरण खरेल, कुमार स्याङ्बा र राम अविरलले लेखेका छन् । सुरेन्द्र पौडेल सम्पादक, अष्ट महर्जन एक्सन निर्देशक र साहिल खान ट्रेलर सम्पादक हुन्।
सिनेमामा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ।
निर्माण पक्षका अनुसार ‘माइतीघर’ले तामाङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्दै पारिवारिक र सामाजिक सम्वेदनालाई समेटेको छ।



प्रतिक्रिया