भदौ ६ गते रिलिज हुने ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक

भदौ ६ गते रिलिज हुने ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा देखिएका पात्रहरूले सिनेमाको भावनात्मक र मनोवैज्ञानिक आयाम झल्काउँछन् ।

मुख्य अभिनेता आशान्त शर्माको लुक्स अशान्त, मानसिक रूपमा विचलित देखिन्छ भने, साथमा देखिएकी अभिनेत्री मेनुका प्रधान को चरित्रले भिन्न र रहस्यमय प्रभाव दिने संकेत गर्छ ।

निर्देशक शर्मा का अनुसार सिनेमा ‘ताराहरू’ एउटा शहरको निम्न मध्यम वर्गीय परिवारको कथा मा आधारित छ । सिनेमामा जीवनका संघर्ष, आन्तरिक द्वन्द्व, र सामाजिक यथार्थका प्रसंगहरू देख्न पाइनेछ।

सिनेमामा प्रमुख कलाकारहरूसँगै कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल लगायतको अभिनय रहनेछ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी निर्माता रहेको यो सिनेमा वेज प्रालि द्वारा निर्माण गरिएको हो।