द सिनेमा टाइम्स, काठमाडौं । विजय केरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘परिवर्तन’को छायांकन ५६ दिनमा सम्पन्न भएको छ । यो सिनेमाका निर्माता दीपक सिवाकोटीका अनुसार दुई गीत बाहेक अन्य दृश्यहरूको छायांकन सोमबार सकिएको हो । सिनेमामा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायांकन बाँकी रहेको जानकारी उनले दिएका छन् ।
यो सिनेमाको छायांकन झापाका विभिन्न स्थानसहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो । सिनेमामा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्ख भूमिकामा रहेको छ । यो सिनेमा गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेल लगायतका कलाकारको अभिनय छ ।
दिब्यासी फिल्मस्को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको सिनेमाले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथामा उजागर गर्ने बताइएको छ । सिनेमाको मूल कथा निर्माता सिवाकोटीले नै लेखेका हुन् । यसको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । प्रोडक्सन हेडको भूमिकामा अरुण रेग्मी छन् ।
सिनेमामा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, नवराज शर्माको मुख्य सहायक निर्देशन र पोस्टर तथा प्रचार सामग्रीको डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्माण टिमले सिनेमा यही वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ । बाँकी रहेका गीतको छायांकन सकेपछि पोस्ट–प्रोडक्सन कार्य थालिने निर्माता सिवाकोटीले जनाए ।


प्रतिक्रिया