द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । केही हलले मंगलबार नै बुकिङ खुलाएको भएपनि केही हलहरुले आज बुधबारबाट बुकिङ खुलाएका हुन् । फिल्म मेकर्स प्रालिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको सिनेमा ‘मोहर’लाई देशभरका हलले अग्री टिकट बुकिङ मा राम्रो उपलब्ध छन् ।
यो सिनेमालाई इलाइट सिनेमा इटहरीमा ४ शो, बीग मुभिजमा २ शो, क्यूएफएक्स छायामा २ शो, आई एन आई सिनेमाज लोत्सेमा ३ शो, आइएनआई सिनेमाज बानेश्वरमा ३ शो, वान सिनेमाज नयाँ बाँनेश्वरमा ४ शो, वान सिनेमाज कालिमाटीमा २ शो मिलेको छ ।
यस्तै, सिनेमालाई एफक्यूब हलमा ३ शो, क्यूएफएक्स राइजिङ मलमा १ शो, बीएसआर मुभिज गंगबुमा ३ शो, क्यूएफएक्स भक्तपुरमा २ शो, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शो, क्यूएफएक्स जलमाले २ शो, क्यूएफएक्स सिजी मल चितवनमा २ शो, कावासोती सिनेमाजमा ३ शो, म्याङ्गो जनज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शो, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शो, क्यूएफएक्स विराटनगरमा एक शो, क्यूएफएक्स विर्तामोडमा २ शो, पाथिभरा सिनेप्लाजा विर्तामोडमा २ शो, एसटीसी सिनेमामा २ शो, सीडीसी सिनेमाज सुनधारामा ४ शो छ ।
सिनेमालाई क्यूएफएक्स लाबिम मलमा २ शो, क्यूएफएक्स सिभिल मलमा ३ शो, क्यूएफएक्स दरबारमा १ शो, क्यूएफएक्स सिटी स्वायरमा ३ शो, क्यूएफएक्स बागेश्वरीमा २ शो मिलेको छ । अझै थुप्रै मल्टीप्लेक्सले शोज खुलाउन बाँकी नै रहेकाले सिनेमाले सुखद शोज पाउने देखिएको छ ।
यो सिनेमामा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमा ‘मोहर’को गीतसंगीत र ट्रेलरले दर्शकको राम्रो साथ पाइसकेका कारण पनि बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सिनेमाले देउकी प्रथाको कथा दर्शकमाझ प्रस्तुत गर्नेछ ।


प्रतिक्रिया