द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेताद्धय हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।
यो पोस्टरले सिनेमाका मुख्य तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ । जहाँ हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन् । प्रकाश केहि रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत छिन् । यसले सिनेमा रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक पोस्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका हुन् ।
सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमा दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।



प्रतिक्रिया