शुक्रबार र शनिबार ‘मोहर’लाई दर्शकको साथ, कस्तो पायो प्रतिक्रिया ?

शुक्रबार र शनिबार ‘मोहर’लाई दर्शकको साथ, कस्तो पायो प्रतिक्रिया ?

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मोहर’ले दर्शकको राम्रो साथ पाएको छ । सिनेमा रिलिज भएसँगै दर्शकको वर्ड अफ माउथ राम्रो पाइरहेको छ ।

शुक्रबारको बिहानी शोमा औषत अकुपेन्सीसहित सुखद् सुरुवात गरेको सिनेमाले दर्शकको बलियो वर्ड अफ माउथ पाएपछि शनिबार राम्रो व्यापार गरेको दाबी वितरक करण श्रेष्ठको छ । चुम्बन जंग शाही निर्माता रहेको सिनेमामा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो सिनेमाको कथावस्तु, पल, बेनिशा र नीतिबीचको प्रेमसहित देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका हुन् ।

शुक्रबार बिहान आयोजित विशेष शोमा ‘मोहर’ हेरेका अधिकांश पत्रकार र दर्शकले सिनेमा राम्रो बनेको बताए । दर्शकबाट सिनेमालाई लिएर सकारात्मक प्रतिक्रिया आएपछि अभिनेता पल शाह भावुक देखिएका थिए । मिडियाकर्मीसँगको प्रतिक्रियामा पल आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाएका हुा् ।

उनले भने- ‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’

यता, अभिनेत्री नीति शाह पनि भावुक देखिइन् । नीतिको यसअगाडिका सिनेमामा कामको आलोचना भएपनि यो सिनेमामा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् । सिनेमा ‘मोहर’को व्यापार आज आइतबारका दिनमा पनि सुखद् देखिएको निर्माता चुम्बन जंग शाही बताउँछन् । अर्की अभिनेबी बेनिशा हमालको पनि कामको प्रशंसा भइरहेको छ । बेनिशा पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् ।

फिल्म मेकर प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।