सविन र दिनेशको ‘कश्यप’बाट अभिनयमा डेव्यु गर्दै टिकटकर आभा ढुंगाना

सविन र दिनेशको ‘कश्यप’बाट अभिनयमा डेव्यु गर्दै टिकटकर आभा ढुंगाना

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश जी खड्काको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘कश्यप’मा टिकटकर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी अडिसनबाट फाइनल गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

आभाले यो सिनेमाका लागि एक्सनको विशेष प्रशिक्षण लिईरहेकी छिन् । जसले उनको भूमिकालाई दमदार र यथार्थता परक बनाउने अपेक्षा निर्माण टिमको छ । यही सिनेमामार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन् । अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन् ।

डेव्यु अभिनेत्री आभा ढुंगाना भन्छिन्, ‘सिनेमाको कथा, गीतसंगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ । मलाई विश्वास छ ‘कश्यप’ले दर्शकलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ ।’

सिनेमाको निर्माण टिमले यसअघि अभिनेता सविन श्रेष्ठलाई फिचर्ड गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ । जसले सिनेमाप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ । यो सिनेमामा अभिनेत्री पवित्रा आचार्यले कास्टिङ निर्देशकको भूमिका निर्वाह गर्दैछिन् ।

एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पुर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायाँकन थालनी हुने बताएको छ ।