द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेव्यु निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पार्वती’मा निर्देशक तथा कलाकार दीपाश्री निरौला अनुबन्धित भएकी छन् । मंगलबार अभिनेताबाट निर्देशक बन्न लागेकी नीता र दीपाश्रीबीच लिखित सम्झौता भएको हो । उनका अनुसार सिनेमामा दीपाश्रीको भूमिका महत्त्वपूर्ण रहेको छ ।
नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिनेमामा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो सिनेमाको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति समेत घोषणा भैसकेको छ ।
नीता फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा नीता स्वयंको कथा तथा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखेका हुन् । सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने सिनेमालाई भारतीय छायाँकार कवीर लाल र शाहिद लालले सिनेमा खिच्नेछन् । कवीरले नीताको अघिल्लो सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए ।


प्रतिक्रिया