द सिनेमा टाइम्स, काठमाडौं । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको सिनेमा ‘राम नाम सत्य’को शुभसाइत सम्पन्न गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पुजासहित निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति चैत्र २७ गतेलाई घोषणा गरेको हो । जसलाई नेपाली नयाँ वर्षको छेको पारेर रिलिज गर्ने योजना छ ।
माइकल चन्दको निर्देशनमा बन्ने सिनेमाको छायांकन केही दिनमै काठमाडौंबाट सुरु हुनेछ भने चितवनमा पनि केही प्रतिशत छायांकन गरिनेछ । शुभसाइतसहित अभिनेता विराज भट्टको एङ्ग्री लुक्स सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि झल्किएको छ ।
सिनेमामा विराज भट्टसहित सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका रहनेछ । उपेन्द्र शाही र स्वेता विमली निर्माता तथा किशोर भट्ट र डा. डीआर उपाध्याय कार्यकारी निर्माता रहेका छन् ।
कथा तथा पटकथा निर्देशक चन्दकै रहेको सिनेमामा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । क्रियटिभ निर्देशकमा निरज ठकुरी, कास्टिङ डिरेक्टरमा नविन जंग शाही, कलरमा राजेन्द्र मोक्तान, पोस्टर फोटोमा विवेक बस्याल र पोस्टर डिजाइनमा विजय बस्याल छन् ।
निर्माण टोलीमा मोती कार्कीको क्रियटिभ निर्माता, राजेन्द्र आचार्यको लाइन प्रोड्युसर, अभिमन्यू निरवी र समय थापाको स्क्रिप्ट कन्सलट्यान्ट, विदुसी थापाको प्रोडक्सन डिजाइनर, तेज विक्रम केसीको प्रोडक्सन म्यानेजर र संझना राइको मेकअप रहनेछ ।
सिनेमाको शुभसाइत कार्यक्रममा बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो ड्रिम प्रोजेक्ट भन्दै भावुक अभिव्यक्ति दिए । अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि यो सिनेमामा काम गर्न पाउनु खुशीको विषय भएको भन्दै गर्दा अर्का अभिनेता सुशिल श्रेष्ठले कथावस्तु उत्कृष्ट रहेको भन्दै दर्शकको साथको अपेक्षा व्यक्त गरे ।



प्रतिक्रिया