किन परिवर्तन गरिएको थियो ‘जनै हराएको मान्छ’को नाम ?

किन परिवर्तन गरिएको थियो ‘जनै हराएको मान्छ’को नाम ?

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रारम्भमा यो सिनेमाको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखिएको थियो । तर, हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिहरूको चासो र दबाबपछि निर्माण पक्षले ‘बाहुन’ शब्द हटाएर ‘मान्छे’ राखेको हो ।

निर्देशक हिमाल न्यौपानेका अनुसार सिनेमा धार्मिक नभई सामाजिक विषयवस्तुमा आधारित कथा हो । ‘जनै भन्ने शब्द विषयसँग मेल खाएर मात्र आएको हो,’ उनले भने, ‘तर अनावश्यक विवादमा पर्नुभन्दा शब्द परिवर्तन गर्ने निर्णय गर्यौं ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको सिनेमामा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय छ ।

सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान छ ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको यो सिनेमामा नवीन गुरुङ डीओपी, कृष्ण परियार सिनेमेटोग्राफर र दिनेशबहादुर राउत मुख्य सहायक निर्देशकका रूपमा छन्। वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो सिनेमा हो।