लामो समय पारिश्रमिक नदिने कम्पनीका सिनेमामा प्राविधिकले काम नगर्ने

लामो समय पारिश्रमिक नदिने कम्पनीका सिनेमामा प्राविधिकले काम नगर्ने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र प्राविधिकहरूको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघले लामो समयदेखि काम गरेको पारिश्रमिक नदिने सिनेमा निर्माण कम्पनी, निर्माता, निर्देशक तथा कलाकारका सिनेमा अब प्राविधिकहरूले बहिष्कार गर्ने भएका छन् ।

नेपाल चलचित्र प्राविधिक संघले लामो समयसम्म पारिश्रमिक नदिने सिनेमा निर्माण कम्पनी, निर्माता, निर्देशक र कलाकारका सिनेमामा काम गर्ने निर्णय गरेको हो । शनिबार बसेको बैठकले संघमा प्राविधिकहरूले पारिश्रमिक नपाएको गुनासो पटकपटक आएपछि संघका कार्यसमिति र क्रियाशील सदस्यहरूबीचको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष पुष्कर लामाले बताए ।

‘सिनेमा प्राविधिकहरूले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्माता, निर्देशक, कलाकार वा कुनै पनि सिनेमा तथा म्युजिक भिडियामा काम नगर्ने निर्णय गरिएको जानकारी गराउँदछौं,’ अध्यक्ष लामाले भने, ‘प्राविधिकलाई पारिश्रमिक नदिनेको प्रोजेक्टमा काम नगर्न प्राविधिकलाई आह्वान गरेको बैठकले त्यस्ता कम्पनी वा निर्माताका सिनेमामा काम गरेको खण्डमा संघले उपलब्ध गराउने सहयोग गर्नेछैन् ।’

अध्यक्ष लामाले विभिन्न निर्माता ज्यूहरुलाई पटकपटक आग्रह गर्दा पनि नसुनेपछि बाध्य भएर बहिष्कार गर्नुपरेकोे बताएका छन् ।