‘सिटामोल’ हेरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्, ‘यस्ता सिनेमालाई राज्यले ट्याक्स फ्रि गरेर सहुलियत दिनु पर्छ’

‘सिटामोल’ हेरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्, ‘यस्ता सिनेमालाई राज्यले ट्याक्स फ्रि गरेर सहुलियत दिनु पर्छ’

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत साउन २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले हेरेका छन् । यो सिनेमा हेरिरहँदा आफु पटक पटक भावुक भएको सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँगको प्रतिक्रियामा यस्तो बताएका हुन् । उनीसँगै पत्नी हिसिला यमीले समेत ‘सिटामोल’ हेरेकी थिइन् ।

‘पहिलोपटक यतिधेरै आँसु झ¥यो । यसैबाट बुझ्नुस् यो सिनेमाको उत्कृष्ठता । सिनेमा हेरेर निस्किएपछि पूर्व प्रधानमन्त्री भट्टराईले मिडियासँग प्रतिक्रिया दिँदै भने, मैले हेरेको सिनेमाहरूमध्ये यसलाई उत्कृष्ट मान्छु । यसको मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुतिलगायतको समग्रता हेर्दा सिनेमा उत्कृष्ट लाग्यो । यस्तो सिनेमा विरलै बन्छन् ।’

सबै तत्वहरूले उत्कृष्ट सिनेमा बन्दा पनि नेपालमा विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । रिलिज हुँदा हलहरूमा सो पाउन सक्दैनन् । यस्ता सिनेमालाई राज्यले सहुलियत दिन सक्छ । पूरै ट्याक्स फ्रि गरेर, हलमा पनि विभिन्न सुविधा दिन सक्छ तर यो नगर्नु दुखद पक्ष हो । उनले २०४८ सालमा कुनै पनि दलले राजनीतिक तर्फबाट सिनेमाको समर्थन गर्नुपर्छ, बाह्य सिनेमामा निगरानी गरिनुपर्छ भनेर आवाज उठाउने पनि आफूहरु नै रहेको बताए ।

यो सिनेमामा पूर्व लडाकुको कथा जीवन संघर्षको कथा प्रस्तुत गरिएको छ । पूर्व लडाकुकै बलमा गणतन्त्र आएपनि विभिन्न कारणले त्यसलाई समृद्धिको रुपमा अगाडि बढाउन सकिरहेका छैनौं । तर पनि आफ्नो पार्टीले हिम्मत नहारेको र नयाँ ढंगले अगाडी बढ्ने योजना बनिरहेको उनले बताए । पहिलेदेखि आफू पनि लेखनमा रूची राख्ने भएकोले उनले सिनेमाका निर्देशकलाई विशेष धन्यवाद व्यक्त गरे ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।