द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको सिनेमा ‘माग्ने राजा’ले आज बिहानैदेखि आक्रामक व्यापार गरिरहेको छ । तीजको बिदाको सदुपयोग यो सिनेमाले भरपूर रुपमा गरेको देखिन्छ । आज बिहानैदेखि देशभरका अधिकांश हलमा अकुपेन्सी उच्च थियो । मध्यान्हबाट त धेरै हलमा टिकट नै पाउन गाह्रो देखिएको छ ।
सिनेमाका मुख्य कलाकार केदार प्रसाद घिमिरेले पनि टिकट पाउन गाह्रो भएको भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् ।
सिनेमाले शुक्रबार उत्साहजनक र शनिबार आक्रामक व्यापार गरेको थियो । आइतबार र सोमबार सिनेमाको व्यापारमा केही गिरावट आएको थियो । तर, आज मंगलबार फेरि सिनेमा हेर्न दर्शक उर्लिएका छन् ।
ऋषि लामिछानेको निर्देशनमा मुनाल घिमिरेले निर्माण गरेको यो सिनेमामा केदारको साथमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको कमेडी र विषयवस्तुलाई दर्शकले रुचाएका छन् । ‘माग्ने राजा’का लेखक सामीप्यराज तिमलसेना हुन ।


प्रतिक्रिया