किरण नेपालीको डेव्यु निर्देशनमा ‘महादशा’ निर्माण घोषणा

किरण नेपालीको डेव्यु निर्देशनमा ‘महादशा’ निर्माण घोषणा

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘महादशा’को निर्माण घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको नाम घोषणासहित प्रि-टिजर सार्वजनिक गरिएको हो ।

यो सिनेमाबाट निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दैछन् । उनल यसअघि ‘डोली’, ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’, ‘हात्तिछाप’ र ‘महाभोज’ निर्माण गरेका थिए । यस्तै, उनको लगानी रहेको सिनेमा ‘कल्ली’ हाल पोस्ट प्रोडक्सनमा छ । यो सिनेमा आगामी फागुनमा रिलिज हुने तयारीमा छ । त्यसअघि नै उनी आफ्नो निर्देशनमा निर्माण हुने सिनेमा महादशाको छायांकन सक्ने तयारीमा छन् ।

लेकाली इन्टरटेन्मेन्टले निर्माण हुने सिनेमाको प्रि-टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी विस्तारै दिइनेछ । मनिष गौतमले लेखेको सिनेमामा राजे के शाह, श्याम मगर र अमला देवी राईले लगानी रहनेछ । सुरज आचार्य सिनेमाका कार्यकारी निर्माता हुन् ।

यो सिनेमाले संस्कार, संस्कृति, अध्यात्मसहित समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह-नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ । अनिश अधिकारी र समर चौलागाई प्रोडक्सन म्यानेजर रहेको सिनेमाको प्रदर्शन मिति छायांकन पूरा भएपछि मात्र घोषणा गरिनेछ ।