नर प्रधानको निर्देशनमा चार करोड लगानीको ‘स्वाहा:’ निर्माण घोषणा

नर प्रधानको निर्देशनमा चार करोड लगानीको ‘स्वाहा:’ निर्माण घोषणा

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत असारमा प्रदर्शन भएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ सिनेमाको निर्माण घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘स्वाहाः’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ ।

‘यो मन त मेरो नेपाली हो’कै निर्देशक नर प्रधान (मित्र)को निर्देशनमा निर्माण हुने सिनेमामा रोशन श्रेष्ठको मुख्य भूमिका रहनेछन् । सार्वजनिक पोस्टरमा उनी धनुष लिएर घोडामा सवार देखिन्छन् । यसले सिनेमामा रोशन योद्धाको भूमिकामा देखिने संकेत गर्छ । सिनेमाका अन्य कलाकारबारेमा भने जानकारी दिइएको छैन् ।

पद्मा इश्वर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा रोशन श्रेष्ठको लगानी रहनेछ । शिवम् अधिकारीको स्क्रिप्ट लेखन रहेको यो सिनेमा हिमाली भेगको कथामा निर्माण हुने निर्देशक प्रधानले बताए । यो सिनेमाको लागत ४ करोड अनुमान गरिएको छ ।

‘स्वाहाः’को घोषणा कार्यक्रममा ‘यो मन त मेरो नेपाली हो’ले प्रदर्शनको ५१ दिन मनाएको खुसीयालीमा निर्माण पक्षले केक काट्दै सिनेमाका कलाकार र प्राविधिकलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । यो सिनेमाले अष्टनारायण हलमा ५१ दिन मनाएको जनाइएको छ ।