सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने

सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतका हलमा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको सिनेमा ‘धागो’ कात्तिक २८ गते अर्थात् नोभेम्बर १४ बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो । परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथामा सिनेमा आधारित रहेको जनाइएको छ ।

सिनेमालाई उदिप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उनको यो पहिलो निर्देशकीय फिचर सिनेमा हो । उनीसँग १८ वर्ष भारतका प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ । उनी ‘धागो’लाई आफ्नो माटो र मान्छेको कथाको रुपमा अर्थ्याउँछन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बस्ने नेपाली परिवारहरूको जीवन, भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई मुख्य कथावस्तु बनाइएको सिनेमामा सुरक्षासहित प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान लगायतको अभिनय रहेको छ । यसमा अभिनेत्री वर्षा राउत विशेष भूमिकामा देखिनेछिन् ।

सिनेमामा अनिकेर एम घोघको छायांकन, अखिलेश रायको सम्पादन, अमित त्रिवेदीको साउन्ड डिजाइन, पुष्पन प्रधानको संगीत तथा कविराज गहतराज र बसन दर्जीको कोरियोग्राफी रहेको छ । फिल्म म्याग्नेट इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको ‘धागो’का निर्माताहरू उमा थापा, उत्तम थापा र उदिप थापा तथा सह-निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् ।