द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘शिवांश : च्याप्टर-१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । यसअघि असोज २४ गतेलाई प्रदर्शन घोषणा गरेको निर्माणपक्षले एक महिना पोस्टपोण्ड गर्दै कात्तिक २७ गतेलाई रिलिज घोषणा गरेको हो ।
कैलाश पर्वतमा शिव र साँढे अंकित पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरिएको छ । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र सिनेमासँग के सम्बन्ध छ । यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन् । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने सिनेमाको निर्मातामा अञ्जान केसी छन् । प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर-१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमाको कथा निर्माता अञ्जान स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी तथा कार्यकारी निर्माता शम्भु थापा हुन् । सरद महतो डीओपी रहेको सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी रहेको सिनेमामा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक, आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर रहेको सिनेमाको पोष्ट प्रोडक्सनको काम चलचित्र चौतारीले गरिरहेको छ । यो सिनेमाको वितरण अशोक शर्माको डीसीएनले गर्नेछ ।



प्रतिक्रिया