शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र रिश्माको ‘रिमै’

शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र रिश्माको ‘रिमै’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भदौ २० गते आज शुक्रबारबाट अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमा ‘रिमै’ प्रदर्शनमा आएको छ । यो मितिमा माधव राज खरेल निर्देशित सिनेमा ‘चिठ्ठी’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, अन्तिम समयमा राम्रो शो नपाएको भन्दै प्रदर्शन स्थगित गरेपछि ‘रिमै’ले शोलो रिलिजको अवसर पाएको हो ।

यो सिनेमा देशव्यापी करिब १५० बढि शोसहित प्रदर्शनमा आएको हो । शुक्रबारबो विशानी शोबाट नै सुखद् सुरुवात गरेको सिनेमाले भोली शनिबार उत्साहजनक व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक खिल बहादुर गुरुङले आज शुक्रबार देशभरबाट राम्रो प्रतिक्रिया पाएकाले भोली शनिबार देशैभर उत्साहजनक व्यापार गर्ने छनक देखाएको छ । आजको दर्शक प्रतिक्रियाले पनि भोली शनिबार हलमा दर्शक तान्ने विश्वास निर्माण टिमको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।